Dhulikhel Eco Banner new

पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओ नेप्सेमा सूचीकृत

1.82K
shares

काठमाडौं, २६ चैत । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज मा सूचीकृत भएको छ।

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको ७५ लाख कित्ता सेयर र संस्थापक लगानीकर्ताले लगानी गरेको ३ करोड कित्ता सेयर गरी कुल ३ करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको जनाएको छ।