सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ चैत ३० सोमवार १५:१८
shares

काठमाडौं, ३० चैत । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ४.१८ अंकले घटेर २,८३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ६६ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा सुपर खुदी हाइड्रोपावर, होटल फरेस्ट, पाल्पा सिमेन्ट उद्योग, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।



















