शेयर बजारमा १५३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ चैत ३० सोमवार १५:२७
shares

काठमाडौं, ३० चैत । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ४.१८ अंकले घटेर २,८३३ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ६६ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा त्यसैगरी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.६० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी अवियन लघुवित्त बित्तीयका लगानीकर्ताले २.९७ प्रतिशतका दरले गुमाएका छन् भने सान्वी इनर्जी लिमिटेडका लगानीकर्ताले २.९६ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि माई खोला हाइड्रोपावरका लगानीकर्ताले २.८४ प्रतिशतका दरले गुमाएका छन् भने मेगा म्युचुअल फन्ड (१का लगानीकर्ताले २.७९ प्रतिशतका दरले गुमाएका छन् ।



















