Dhulikhel Eco Banner new

मौद्रिक नीति साउन पहिलो साता ल्याउने राष्ट्र बैंकको तयारी

5.11K
shares

काठमाडौं, १९ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति साउनको पहिलो साता सर्वजनिक गर्ने भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले पोखराको बैंकनोट शेरडिङ्ग एण्ड ब्रिकेटिङ्ग सिस्टम कार्यक्रममा मौद्रिक नीति साउनको पहिलो साता ल्याउने तयारी भएको जानकारी दिएका हुन् ।

गर्भनर अधिकारीले पहिलेको वर्षको भन्दा यो वर्ष मौद्रिक नीति चाडो ल्याउन लागिएको बताएका छन् । साउनको पहिलो साता नकटाउने तयारीमा रहेको जानकारी दिएका छन् ।

अहिले राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गरिरहेक छ । विभिन्न संस्था, व्यक्ति र निजी व्यवसायसँग बैंकले सुझाव लिरहेको छ । आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीति साउन २ गते ल्याइएको थियो ।