Dhulikhel Eco Banner new

हिमालयन रि इन्स्योरेन्सका पाँच उच्च पदाधिकारीलाई बीमा प्राधिकरणले सोध्यो स्पष्टीकरण

780
shares

काठमाडौं, ३ वैशाख । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित पाँच जना उच्च पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ।

हिल्टन होटलको बीमा सम्बन्धी विषयमा कम्पनीका सीईओ उपासना पौडेल, डेपुटी सीईओ मुकेश कुमार कपूर, कार्यकारी निर्देशक मनिष कुमार, शिशिर गौरे र सन्तोष केसीलाई प्राधिकरणले औपचारिक रूपमा स्पष्टीकरण माग गरेको हो।

स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ प्राप्त नभए बीमा ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने तयारी गरिएको छ। यस घटनाले बीमा क्षेत्रभित्र पारदर्शिता र नियामक अनुपालनको विषयमा थप चासो बढाएको छ।