Dhulikhel Eco Banner new

२ वटा कम्पनीको संस्थापक शेयर लिलामीमा

5.16K
shares

काठमाडौं, २० असार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एन आई सी एशिया बैंकले आज सोमवार (असार २० गते) देखि १३ लाख १६ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएका छन् ।

जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ र एन आई सी एशिया बैंकको ७ लाख १९ हजार ९५० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य रू. ७०० तोकेको छ भने एन आई सी एशिया बैंकले रू. ४२५ तोकेको छ । लगानीकर्ताले यही मूल्यलाई आधार मानेर लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश गरेको आवेदन रद्द हुनेछ ।

यसमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्था जो कोहीले न्यूनतम १ हजार कित्तादेखि आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्ने अन्तिम म्याद असार २७ गते तोकिएको छ ।

लगानीकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापीटल लिमिटेड नक्साल, काठमाडौं र ग्लोबल आइएमई बैंक लिमिटेडको विर्तामोड, हनुमानदास रोड विराटनगर, जनकपुर, आर्दशनगर विरगंज, हेटौडा, नारायणढ, न्युरोड पोखरा, बुटवल– मिलनचोक, बाग्लुङ्ग, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगर शाखाबाट शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।