Dhulikhel Eco Banner new

उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.38K
shares

काठमाडौं, १५ वैशाख । मंगलवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार २६.१६ अंकले घटेर २,७७० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ५२ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले १०.२७ प्रतिशतका दरले गुमाएका छन् भने सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि सिटी होटल लिमिटेडका लगानीकर्ताले ९.२५ प्रतिशतका दरले गुमाएका छन् भने आइसिएफसि फाइनान्सका लगानीकर्ताले ३.०० प्रतिशतका दरले गुमाएका छन् ।