Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

1.47K
shares

काठमाडौं, १७ वैशाख । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.७३ अंकले घटेर २,७३८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ९१ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.५७ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी शिखर पावर डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताले ७.९१ प्रतिशतका दरले कमाएका छन् भने एशियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ७.८८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले ४.९५ प्रतिशतका दरले कमाएका छन् भने एसवाई प्यानल नेपाल लिमिटेडका लगानीकर्ताले ३.९१ प्रतिशतका दरले कमाएका छन् ।