Dhulikhel Eco Banner new

अनामनगरको ‘भाइरल घर’ भत्काउन डोजर

663
shares

काठमाडौं, २० वैशाख । राजधानीको अनामनगर मा रहेको चर्चित ‘भाइरल घर’ आइतबारदेखि भत्काउन सुरु गरिएको छ। सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलेको उक्त साततले संरचना मापदण्ड विपरीत बनेको र सरकारी जग्गा अतिक्रमण गरेको निष्कर्षपछि डोजर लगाइएको हो।

धोबीखोला कोरिडोर क्षेत्रभित्र पर्ने सो भवन भत्काउने क्रममा स्थानीय प्रशासन र काठमाडौं महानगरपालिका को संयुक्त टोली परिचालन गरिएको छ। सम्भावित अवरोधलाई ध्यानमा राख्दै ठूलो संख्यामा प्रहरी तथा नगरप्रहरी खटाइएको छ भने क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ।

उक्त भवनमा रेस्टुरेन्ट, स्पा, कन्सल्टेन्सी लगायतका विभिन्न व्यवसाय सञ्चालनमा थिए। अचानक सुरु गरिएको भत्काउने कार्यले ती व्यवसायहरू प्रभावित भएका छन्। केही व्यवसायीहरूले प्रक्रिया र समयबारे असन्तुष्टि समेत व्यक्त गरेका छन्।

घरधनीले भने उक्त जग्गा आफ्नै स्वामित्वमा रहेको र लालपूर्जा समेत रहेको दाबी गर्दै आएका छन्। लालपूर्जा हुँदाहुँदै पनि भवन भत्काइएकोप्रति उनले आपत्ति जनाएका छन्।

सरकारी पक्षले भने सार्वजनिक जग्गा अतिक्रमणविरुद्धको अभियानलाई कडाइका साथ अगाडि बढाइने जनाएको छ।