उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ वैशाख २१ सोमवार १५:१२
shares

काठमाडौं, २१ वैशाख । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३४.६३ अंकले घटेर २,७०४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब २६ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी झापा इनर्जीका लगानीकर्ताले ७.९९ प्रतिशतका दरले कमाएका छन् भने सेन्चुरी डिबेन्चरका लगानीकर्ताले २.९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि एनआइसी एशिया ग्रोथ फन्डका लगानीकर्ताले २.७९ प्रतिशतका दरले कमाएका छन् भने सिभिल बैंक डिबेन्चरका लगानीकर्ताले २.६० प्रतिशतका दरले कमाएका छन् ।

















