शेयर बजारमा ३४ अंकको पहिरो,कारोवार रकम घट्यो
वि.सं.२०८३ वैशाख २१ सोमवार १५:११
shares

काठमाडौं, २१ वैशाख । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३४.६३ अंकले घटेर २,७०४ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब २६ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडा लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५.०० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी कर्पोरेट विकास बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १२.५८ प्रतिशतका दरले गुमाएका छन् ।

















