Dhulikhel Eco Banner new

सिद्धार्थ क्यापिटलमा कर्मचारी माग, हेर्नुस् कति चाहिन्छ योग्यता ?

1.26K
shares

काठमाडौं, २१ वैशाख । सिद्धार्थ क्यापिटल लिमिटेडले कर्मचारी माग गरेको छ। पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस (पिएमएस) पदका लागि कर्मचारी माग गरेको हो । सहायक तहको पदमा एक जना कर्मचारी माघ गरिएको हो।

यसका लागि नेपाली पूँजी बजारको गहिरो अध्ययन तथा विश्लेषण गर्ने, समष्टिगत आर्थिक सूचक, उद्योगगत प्रवृत्ति र नियामकीय परिवर्तनबारे अद्यावधिक रहनु पर्नेछ। साथै अनुसन्धान टोलीसँग सहकार्य गर्दै लगानी रणनीति निर्माण गर्ने, कम्पनीहरूको आधारभूत तथा प्राविधिक विश्लेषण गरी उपयुक्त लगानी गर्न निर्णय लिन सहयोग गर्नु पर्नेछ।

यसका लागि फाइनानस, अर्थशास्त्र, एकाउन्ट वा गणित विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै पोर्टफोलियो म्यानेजरको रूपमा कम्तीमा एक वर्षको अनुभव, विश्लेषणात्मक तथा परिमाणात्मक क्षमता, नेपाली पूँजी बजार र समष्टिगत अर्थतन्त्रबारे राम्रो बुझाइ आवश्यक पर्ने कम्पनीले जनाएको छ।

त्यसैगरी ग्राहकको लगानी उद्देश्यअनुसार पोर्टफोलियो निर्माण, व्यवस्थापन गर्ने, ग्राहकसँग नियमित समन्वय राखी सम्बन्ध सुदृढ बनाउने तथा दैनिक पोर्टफोलियो व्यवस्थापनसम्बन्धी कार्यहरू सञ्चालन समेत गर्नु पर्नेछ।

यसका अतिरिक्त एमएस एक्सेल, वर्ड र पावरपोइन्ट जस्ता सफ्टवेयरमा दक्षता, उत्कृष्ट सञ्चार तथा प्रतिवेदन लेखन सीप र एकल तथा समूहमा काम गर्ने क्षमता पनि आवश्यक रहेको कम्पनीले जनाएको छ। तोकिएको योग्यता पुगेको इच्छुक व्यक्तिले वैशाख २७ गतेभित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिनु पर्नेछ।