Dhulikhel Eco Banner new

बुक बिल्डिङमा सहभागी हुन नेप्सेमा दर्ता अनिवार्य

1.18K
shares

काठमाडौं, २१ वैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले योग्य संस्थागत लगानीकर्ताहरुको दर्ता तथा नवीकरणसम्बन्धी सूचना जारी गरेको छ।

नेप्सेले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमतिपत्र प्राप्त गरेका संस्थागत लगानीकर्ताहरुलाई बुक बिल्डिङ विधिमा सहभागी हुन यथाशीघ्र दर्ता गराउन अनुरोध गरेको हो।

सूचनाअनुसार, नयाँ दर्ताका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ भने वार्षिक नवीकरण शुल्क ५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

दर्ता तथा नवीकरणका लागि आवश्यक रकम ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादीस्थित खातामा जम्मा गर्नुपर्नेछ। नेप्से अपरेटिङ अकाउन्टअन्तर्गत रहेको उक्त खातामा रकम जम्मा गरेपछि बैंक भौचर पेश गर्नुपर्ने व्यवस्था गरिएको नेप्सेले जनाएको छ।

नेप्सेको यो कदमले बुक बिल्डिङ प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।