Dhulikhel Eco Banner new

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा आतंक

1.73K
shares

काठमाडौं, २१ वैशाख । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ सेवामा चर्को शुल्क लिइएको भन्दै गुनासोहरू बढ्दै गएका छन्। छोटो समयका लागि सवारी पार्किङ गर्दा समेत उच्च रकम तिर्नुपरेको भन्दै सेवाग्राहीहरू आक्रोशित बनेका छन्।

प्राप्त विवरणअनुसार, १० देखि २५ मिनेटसम्म मात्र पार्किङ गर्दा पनि सेवाग्राहीले ८० रुपैयाँसम्म तिर्नुपरेको देखिएको छ। केही सार्वजनिक भएका पार्किङ रसिदहरूमा ९ मिनेट र करिब २३ मिनेटको पार्किङका लागि समान ८० रुपैयाँ शुल्क लिएको उल्लेख छ। यसले शुल्क निर्धारण प्रणालीमा पारदर्शिता नभएको र मनपरी भइरहेको आशंका थप बलियो बनाएको छ।

यसैबीच, विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतले पार्किङ शुल्कबारे धेरै गुनासो आएको स्वीकार गरेका छन्। उनले भने, “पार्किङ शुल्कका विषयमा धेरै गुनासो आएका छन्। यसबारे हामीले एकपटक छलफल गरिसकेका छौँ। अब टेन्डर प्रक्रियासँग सम्बन्धित पक्षसँग थप छलफल गर्नेछौँ। जनताको सेवा सुविधालाई ध्यानमा राखेर निर्णय गरिनेछ।”

उनका अनुसार तत्काल के निर्णय हुन्छ भन्ने स्पष्ट नभए पनि सेवाग्राहीको समस्या र सास्तीलाई मध्यनजर गर्दै आवश्यक कदम चालिनेछ।