प्रतितोला १ हजार ३ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख २५ शुक्रवार ११:०१
1.52K
shares
shares

काठमाडौं, २५ वैशाख । स्थानीय बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य १ हजार ३ सयले बढेको हो ।
महासंघका अनुसार बिहीवार प्रतितोला २ लाख ९८ हजार ६ सयमा कारोबार भएको सुन शुक्रवार बढेर प्रतितोला २ लाख ९९ हजार ९ सयमा कायम भएको छ ।
त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि १२० रुपैयाँले बढेको छ । बिहीवार प्रतितोला ५ हजार १ सय ५५ रुपैयाँमा कायम भएको चाँदी शुक्रवार ५ हजार २ सय ७५ रुपैयाँमा कायम भएको हो ।















