Dhulikhel Eco Banner new

पैसा नभएर इन्धन आपूर्ति रोकिन सक्छ : निगम

5.77K
shares

काठमाडौं, २० असार । नेपाल आयल निगमले घाटा चुलिएर थेग्नै नसक्ने अवस्थामा पुगेको जनाएको छ । निगमले प्रधानमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको ध्यानकर्षण गराउँदै अवस्था भयाभह हुने बताएको हो ।

सोमबार दुवै निकायमा पत्राचार गर्दै निगमले आर्थिक स्रोतको जोहो नभए इन्धन आपूर्ति प्रभावित हुन सक्ने चेतावनी दिएको छ । निगमका कार्यकारी उमेश प्रसाद थानीले लेखेको पत्रमा ‘विषम परिस्थितिमा निगमलाई कुनै स्रोतबाट आवश्यक रकम उपलब्ध हुन सकेन, मूल्य समायोजन पनि हुन नसकेको हुँदा निकट भविष्यमा नै पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या हुनसक्छ,’ उल्लेख गरिएको छ ।

घाटा धान्नै नसकिने अवस्थामा पुगेको भन्दै निगमले यसबाट बच्नका लागि स्वदेशमा इन्धन खपत कम गर्नुको विकल्प नभएको पनि पत्रमा उल्लेख गरेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म निगम ५५ अर्ब रुपैयाँ नोक्सानीमा जाने देखिएको भन्दै पत्रमा भारतलाई इन्धन खरिदको भुक्तानी गर्नुपर्ने रकम ३० अर्ब नाघेको पनि उल्लेख गरेको छ ।