Dhulikhel Eco Banner new

अप्पर सोलु हाइड्रोको आईपीओमा पहिलो दिनमै २.२० गुणा बढी आवेदन

4.88K
shares

काठमाडौं, २० असार । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज असार २० गतेदेखि निष्काशन गरेको शेयरमा पहिलो दिनमा नै माग भन्दा बढी आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गको अनुसार सोमबार साँझ ५ बजेसम्ममा ३ लाख ४१ हजार ८३५ जना आवेदकबाट ४० करोड ९ लाख ७९ हजार रुपैयाँ बराबरको ४० लाख ९ हजार ७९० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको १८ लाख २० हजार ४७५ कित्ताको २.२० गुणा बढी हो ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरमा पहिलो दिननै माग भन्दा बढी आवेदन परेकोले असार २३ गते नै बन्द हुनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्। यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।