प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख ३१ बिहीवार १०:५१
1.12K
shares
shares

काठमाडौं, ३१ वैशाख । स्थानीय बजारमा बिहीवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य ३ सयले बढेको हो ।
महासंघका अनुसार बुधवार प्रतितोला प्रतितोला ३ लाख २ हजार २ सयमा कारोबार भएको सुन बिहीवार बढेर प्रतितोला ३ लाख २ हजार ५ सयमा कायम भएको छ ।
त्यसैगरी, बिहीवार चाँदीको मूल्य भने ३५ रुपैयाँले बढेको छ । बुधवार प्रतितोला ५ हजार ७ सय १० मा कायम भएको चाँदी बिहीवार ५ हजार ७ सय ४५ मा कायम भएको हो ।















