Dhulikhel Eco Banner new

लालबन्दीमा ट्रमा सेन्टर सञ्चालन गर्न सांसद नितिमा कार्कीको माग

1.18K
shares

काठमाडौं, ३१ वैशाख । नितिमा कार्कीले सर्लाही क्षेत्र नं. १ मा ट्रमा सेन्टरको आवश्यकता रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद कार्कीले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा दैनिकजसो सडक दुर्घटना हुने गरेको उल्लेख गर्दै गम्भीर बिरामीलाई अन्य जिल्लामा रेफर गर्नुपर्ने बाध्यता रहेको बताइन् ।

उनले सर्लाही क्षेत्र नं। १ मा सुविधा सम्पन्न अस्पताल अभाव हुँदा नागरिकले प्रभावकारी स्वास्थ्य सेवा पाउन नसकेको उल्लेख गरिन् । दुर्घटनामा परेका बिरामीको समयमै उपचार हुन नसक्दा ज्यान जोखिममा पर्ने अवस्था रहेको उनको भनाइ थियो ।

सांसद कार्कीले लालबन्दीमा डब्लूएचओको मापदण्डअनुसार भवन निर्माण भइसकेको जानकारी दिँदै उक्त भवनलाई तत्काल ट्रमा सेन्टरका रूपमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरिन् ।