नीलगाई आतंकबाट किसान पीडित, समाधान गर्न सांसद कार्कीको माग
वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:३८
shares

काठमाडौं, ३१ वैशाख । नितिमा कार्कीले सर्लाहीका किसान नीलगाई आतंकबाट पीडित बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद कार्कीले किसानहरूले दुःख गरेर लगाएको बाली नीलगाईले नष्ट गरिरहेको बताइन् ।
उनले विशेषगरी सर्लाही क्षेत्र नं. १ का कृषकहरू बाली जोगाउन रातभर खेतमा बस्न बाध्य भएको उल्लेख गर्दै यसले किसानमा निराशा बढाएको बताइन् ।
सांसद कार्कीले कृषि उत्पादन वृद्धि र किसान संरक्षणका लागि नीलगाई समस्याको दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गर्दै सरकारले प्रभावकारी योजना ल्याउनुपर्ने माग गरिन् ।















