Dhulikhel Eco Banner new

फेडको नेतृत्व परिवर्तनबीच जेरोम पावेललाई अन्तरिम जिम्मेवारी

2.9K
shares
अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भमा नेतृत्व परिवर्तनको तयारी भइरहेका बेला जेरोम पावेललाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको छ । नयाँ अध्यक्ष केभिन वार्सले औपचारिक रूपमा शपथ ग्रहण नगरेसम्म पावेलले नै फेडको नेतृत्व सम्हाल्ने फेडरल रिजर्भले जनाएको छ ।

फेडका अनुसार नेतृत्व हस्तान्तरणको अवधिमा बहालवाला अध्यक्षलाई अस्थायी जिम्मेवारी दिने अभ्यास पुरानै परम्पराअनुसार गरिएको हो । पावेलको दोस्रो कार्यकाल शुक्रबारबाट सकिँदैछ भने उत्तराधिकारीका रूपमा चयन भएका केभिन वार्सको नाम केही दिनअघि मात्रै अमेरिकी सिनेटबाट अनुमोदन भएको थियो ।

पावेलले फेडको स्वायत्तता कायम राख्नुपर्नेमा जोड दिँदै आफू सन् २०२८ सम्म गभर्नरका रूपमा रहने बताएका छन् । यसअघि फेडको मुख्यालय मर्मतसम्भारसँग जोडिएको कथित अनियमितताबारे उनीमाथि अनुसन्धानसमेत सुरु भएको थियो ।