Dhulikhel Eco Banner new

सानिमा इक्विटी फण्ड २ मा आवेदन दिने आज अन्तिम दिन, माग बढी भएपछि छिट्टै बन्द गरिँदै

5.47K
shares

सानिमा क्यापिटल लिमिटेड ले निष्काशन गरेको ‘सानिमा इक्विटी फण्ड २’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैशाख २४ गतेदेखि बिक्री खुला गरिएको उक्त बन्दमुखी म्युचुअल फण्डमा अपेक्षाभन्दा बढी आवेदन परेपछि निर्धारित समयअघि नै निष्काशन बन्द गर्न लागिएको हो ।

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो १० वर्षे योजनामा प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १० करोड इकाई बिक्रीमा ल्याइएको छ । यसमार्फत एक अर्ब रुपैयाँ बराबरको कोष संकलन गर्ने लक्ष्य राखिएको छ ।

निष्काशन गरिएको कुल इकाईमध्ये १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकाई सानिमा बैंक लिमिटेड लाई सुरक्षित गरिएको छ भने २० लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटलका लागि छुट्याइएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । आवेदन सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो शेयर’ प्रणाली प्रयोग गरेर अनलाइनमार्फत पनि दिन सकिने व्यवस्था गरिएको छ ।

फण्डको रेटिङतर्फ, केयर रेटिङ्ग नेपाल ले कोष प्रवर्द्धकलाई ‘केयर एनपी सिंगल ए माइनस’ रेटिङ दिएको छ भने इक्रा नेपाल ले योजना व्यवस्थापकलाई ‘इक्राएनपी एएमसी क्वालिटी ३ प्लस’ रेटिङ प्रदान गरेको छ ।