Dhulikhel Eco Banner new

झिनो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

6.85K
shares

काठमाडौं, ४ जेठ । सोमवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार १.०३ अंकले घटेर २७३० बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १८ कम्पनीको स्थिर रहेको छ । यसदिन २ अर्ब ४५ करोडको कारोबार भएको हो ।

झिनो अंकले घटेको शेयर बजारमा इङ्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि बुंगल हाइड्रो लिमिटेडका लगानीकर्ताले ६.३२ प्रतिशतका दरले कमाएका छन् भने सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ३.२८ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि एनआईबीएल समृद्धि फन्डका लगानीकर्ताले ३.२६ प्रतिशतका दरले कमाएका छन् भने  प्रभु बैंक डिभेन्चरका लगानीकर्ताले २.९८ प्रतिशतका दरले कमाएका छन् ।