Dhulikhel Eco Banner new

राष्ट्र बैंकमा ठूलो परिमाणमा जलेका नोट साट्न प्रहरीको सिफारिस अनिवार्य

1K
shares

काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकले च्यातिएका, जलेका तथा नष्ट भएका नोट सटही प्रक्रियामा कडाइ गरेको छ। अब ठूलो परिमाणमा यस्ता नोट सटही गर्न आउँदा स्थानीय तह वा प्रहरीको सिफारिस अनिवार्य गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका प्रवक्ता डा. संजय प्रसाद मिश्रका अनुसार जलेका वा क्षतिग्रस्त नोट सटहीका लागि स्पष्ट कारण खुलाउनुपर्नेछ । “के घटना घटेको हो, किन नोट जलेको हो भन्ने विवरणसहित स्थानीय तह वा प्रहरीको सिफारिस ल्याउनुपर्ने हुन्छ,” उनले भने।

प्रवक्ता मिश्रले व्यक्तिले जानाजानी सद्दे नोट च्यातेर २ जना सटही गर्न पनि आउने भए यस्तो नहोस एउटा मात्रै नोट जाओस भन्नका लागि यस्तो व्यवस्था लागू गरिएको जानकारी दिए। “दुईवटा नोट नजाओस् र दुरुपयोग रोकियोस् भन्ने उद्देश्यले नियम कडाइ गरिएको हो,” उनले भने।

प्रवक्ता मिश्रका अनुसार यदि नोटको ५० प्रतिशतभन्दा बढी भाग सुरक्षित रहेको छ र नोटको अंक तथा विवरण स्पष्ट देखिन्छ भने त्यस्ता नोटको सट्टामा पूरा रकम उपलब्ध गराइनेछ। तर ५० प्रतिशतभन्दा कम भाग मात्र बाँकी रहेको वा नोटको पहिचान नै हुन नसक्ने गरी जलेको अवस्थामा भने सट्टाभर्ना नपाइने व्यवस्था गरिएको छ।