आरम्भ चौतारी लघुवित्तमा कर्मचारी माग
वि.सं.२०८३ जेठ ६ बुधवार १४:१४
shares

काठमाडौं, ६ जेठ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले देशभर रहेका आफ्ना शाखा कार्यालयका लागि व्यवस्थापकीयदेखि सहायक र चालकसम्मका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो।
संस्थाले वरिष्ठ प्रवन्धक, प्रवन्धक, नायब प्रवन्धक, सहायक प्रवन्धक, सूचना प्रविधि विभाग प्रमुख, कार्यक्रम तथा अनुगमन अधिकृत, आन्तरिक लेखा परीक्षण विभाग, कानुन अधिकृत, शाखा प्रवन्धक, फिल्ड सहायक, प्रशिक्षार्थी सहायक तथा सवारी चालक पदमा कर्मचारी माग गरेको छ।
कानुन अधिकृतका लागि १ जना, सूचना प्रविधि विभाग प्रमुख पदका लागि १ जना, कार्यक्रम र अनुगमन तथा आन्तरिक लेखा परीक्षण विभागका लागि ८ जना, शाखा प्रवन्धक तथा फिल्ड सहायकका लागि २० जना, प्रशिक्षार्थी सहायकका लागि १५ जना र सवारी चालकका लागि १ जना माग गरेको जनाएको छ। त्यतै वरिष्ठ व्यवस्थापकीय तहका पदमा भने केही संख्या कर्मचारी माग गरिएको छ।
















