Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ९ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

1.6K
shares

काठमाडौं, ११ जेठ । स्थानीय बजारमा सोमवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुनको मूल्य १ हजार ९ सयले बढेको हो ।

महासंघका अनुसार आइतवार प्रतितोला २ लाख ९० हजार ९ सयमा कारोबार भएको सुन सोमवार बढेर प्रतितोला २ लाख ९२ हजार ८ सयमा कायम भएको छ ।

त्यसैगरी, सोमवार चाँदीको मूल्य पनि १४० रुपैयाँले बढेको छ । आइतवार प्रतितोला ५ हजार १० रुपैयाँमा कायम भएको चाँदी सोमवार ५ हजार १ सय ५० रुपैयाँमा कायम भएको हो ।