कालंगा हाइड्रोको आईपीओमा आवेदन गर्ने समय आजसम्म मात्रै
वि.सं.२०८३ जेठ १३ बुधवार ०८:०२
shares

सर्वसाधारण लगानीकर्ताका लागि कालंगा हाइड्रो लिमिटेड ले खुला गरेको आईपीओमा आवेदन दिने अवधि आज (जेठ १३) सकिँदैछ। कम्पनीले दोस्रो चरणअन्तर्गत २८ लाख ७० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गरेको हो।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्टै कोटाअन्तर्गत शेयर बाँडफाँट गरिसकेको थियो। त्यस्तै, केही शेयर कर्मचारी र सामूहिक लगानी कोषका लागि समेत सुरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन प्रक्रिया बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली र ‘मेरो शेयर’ अनलाइन प्लेटफर्मबाट गर्न सकिनेछ।
कम्पनीको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना हाल व्यवसायिक उत्पादनमा रहेको छ। आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेड ले सम्हालिरहेको छ।















