Dhulikhel Eco Banner new

अब लगातार चार दिन शेयर बजार बन्द हुने

2.93K
shares

काठमाडौं, १३ जेठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अब लगातार चार दिन बन्द हुने भएको छ। सार्वजनिक बिदा र नियमित साप्ताहिक बिदा लगातार परेकाले शेयर बजारमा कारोबार बन्द हुने भएको हो ।

सरकारले जेठ १४ गते बकर ईदको अवसरमा सार्वजनिक बिदा दिएको छ। त्यसलगत्तै जेठ १५ गते गणतन्त्र दिवसको बिदा परेको छ। त्यसपछि जेठ १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले नेप्सेमा चार दिन कारोबार नहुने भएको हो।