Dhulikhel Eco Banner new

आज बिदाका दिन पनि केहि बैंकका शाखा खुल्ला रहने

1.31K
shares

आज इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद( ईद–उल–अजहा) को अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

सार्वजनिक बिदाका कारण आज सरकारी कार्यालय, शिक्षण संस्था, शेयर बजार तथा अधिकांश बैंक तथा वित्तीय संस्थाहरू बन्द रहेका छन्।

यद्यपि सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै केही वाणिज्य बैंक तथा विकास बैंकहरूले सीमित शाखा कार्यालयमार्फत सेवा प्रदान गर्ने व्यवस्था गरेका छन्।