Dhulikhel Eco Banner new

सपोर्ट लघुवित्तको संस्थापक शेयर बिक्रीमा

910
shares

काठमाडौं, १४ जेठ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको ७ हजार ६६१.४६ कित्ता शेयर बिक्रीमा राखेको छ ।

संस्थाले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी शेयर बिक्रीमा राखेको हो । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

इच्छुक आवेदनकले कम्पनीको केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाण्डौंमा आफूले खरिद गर्ने शेयर कित्ता खुलाई निवेदन दिन सक्नेछन्।