Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ५ हजार ५ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

3.86K
shares

काठमाडौं, १४ जेठ । स्थानीय बजारमा बिहिवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार सुनको मूल्य ५ हजार ५ सयले घटेको हो ।

महासंघका अनुसार बुधवार प्रतितोला २ लाख ९० हजार ५ सयमा कारोबार भएको सुन बिहिवार घटेर प्रतितोला २ लाख ८५ हजारमा कायम भएको छ ।

त्यसैगरी, बिहिवार चाँदीको मूल्य पनि २१५ रुपैयाँले घटेको छ । बुधवार प्रतितोला ५ हजार ८० रुपैयाँमा कायम भएको चाँदी बिहिवार ४ हजार ८ सय ६५ रुपैयाँमा कायम भएको हो ।