सडक मर्मतका लागि २८ अर्ब ५२ करोड विनियोजन
वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:०८
1.39K
shares
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि काठमाडौं उपत्यकाका प्रमुख सहरी सडकहरूको नियमित मर्मत सम्भार गरिने बताएका छन्।
सडकलाई धुलोमुक्त र खाल्डाखुल्डीमुक्त बनाउने लक्ष्य राखिएको छ। सडकको राष्ट्रव्यापी मर्मतका लागि २८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यसअघि नयाँ सडक निर्माणमा बजेट केन्द्रित हुने तर मर्मतमा कम ध्यान जाने अवस्था रहेको थियो।
















