निःशुल्क वैदेशिक रोजगारीमा पठाउन प्रोत्साहन गरिने
वि.सं.२०८३ जेठ १५ शुक्रवार १८:००
shares

काठमाडौं, १५ जेठ । सरकारले वैदेशिक रोजगारीमा जाँदा शून्य लागत अर्थात् बिना पैसा पठाउन प्रोत्साहन गर्ने भएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा जाँदा शून्य लागतलाई प्रोत्साहन गरिने बताएका हुन् । वैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीलाई तिर्न पर्ने सेवा शुल्कलाई श्रमिकमैत्री बनाउने व्यवस्था घोषणा गरेका छन् ।
विप्रेषणलाई उपभोगबाट उत्पादनतर्फ रूपान्तरण गर्न विप्रेषण लगानी मिलान ९चझष्ततबलअभ mबतअजष्लन० कार्यक्रम सञ्चालन पनि उनले बताए ।
यसका साथै वैदेशिक रोजगारीबाट फर्किएकाको ज्ञान, सीप र दक्षताको सदुपयोग गर्न रिटर्नी माइग्रेसन कार्यक्रम कार्यान्वयन गर्नेदेखि युवालाई कार्यस्थलमा आधारित तालिममार्फत सीपयुक्त बनाउने र वैदेशिक रोजगारीलाई मर्यादित बनाइने नीति पनि बजेटमा समावेश गरिएको छ ।









