ब्राजिल, डेनमार्क सहित ६ वटा कूटनीतिक नियोग खारेज
वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:५९
shares

काठमाडौं, १५ जेठ । सरकारले दूतावास र महावाणिज्य दूतावास गरी ६ वटा कूटनीतिक नियोगहरू खारेज गरेको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन्।खारेज गरिएका दूतावासमा डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिका छन्।
त्यस्तै, चीनको छेन्दु र अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावास खारेज गरिएको छ भने भारतको विशाखापट्नमस्थित दूतावासको शाखा कार्यालय पनि खारेज गरिएको छ।
नेपालले ३४ देशमा राजदूत र १० देशमा महावाणिज्यदूत नियुक्त गर्दै आएको थियो। यीमध्ये डेनमार्क र दक्षिण अफ्रिकामा अहिले नै राजदूत रिक्त छ भने ब्राजिलस्थित राजदूतको कार्यकाल केही महिनामा सकिँदैछ।
सरकारले राजदूत रिक्त रहेका देशमा नयाँ नियुक्ति गर्न बिहीबार नै खुला आवेदन आह्वान गरेको छ।









