Dhulikhel Eco Banner new

दुर्गमका गर्भवती तथा सुत्केरीको हवाई उद्धारमा बजेट विनियोजन

650
shares

काठमाडौं, १५ जेठ । सरकारले दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धारका लागि रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धारका लागि रकम विनियोजन गरिएको बताएका हुन् । दुर्गम भौगोलिक अवस्थाका कारण आपतकालीन स्वास्थ्य सेवा आवश्यक पर्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको हो ।

यस कार्यक्रममार्फत जटिल अवस्था भएका गर्भवती तथा सुत्केरीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।