Dhulikhel Eco Banner new

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

3.42K
shares

काठमाडौं, १९ जेठ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २ लाख ३० हजार ४१७ कित्ता शेयर बिक्रीमा राखेको हो।

सो शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। इच्छुक आवेदकले बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल काठमाडौं –१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं –२, टंगालमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन्।