२४ घण्टामा २ हजार ४४५ चालक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व
मादकपदार्थ सेवन, तीव्र गति र राइड सेयरिङ उल्लङ्घन शीर्षमा
वि.सं.२०८३ जेठ २१ बिहीवार ०९:३०
520
shares
shares

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेका दुई हजार ४४५ चालकमाथि कारबाही गरेको छ। यस कारबाहीबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व संकलन भएको छ।
कारबाहीमा परेकामध्ये मादकपदार्थ सेवन गरी सवारी चलाउने १२८, नियमविपरीत राइड सेयरिङ गर्ने १६०, तीव्र गतिमा सवारी हुइँक्याउने १८३ र सङ्केत बत्ती उल्लङ्घन गर्ने १४१ जना छन्। यस्तै एकतर्फी सडकमा सवारी चलाउने १६६, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने १२३ र अन्य नियम उल्लङ्घनमा एक हजार ४८७ जना परेका छन्।
















