Dhulikhel Eco Banner new

इस्कोन नेपालको जगन्नाथ रथयात्रा सम्पन्न

7.53K
shares

असार १७ गते शुक्रवार का दिन नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा आयोजना गरिएको राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ३७ औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाली संस्कृतिको जर्गेनाको निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय द्घारा प्रेरित उक्त रथयात्रा महोत्सव सुन्धारा स्थित प्राचिन जगन्नाथ मन्दिरको ठिक अगाडि नेपाली सेना, सैनिक मुख्यालय अगाडिबाटबाट प्रारम्भ गरि एन.ए.सी न्यूरोड( बिशाल बजार), जमल,घन्टाघर,पुतलिसडक,एक्जिबिसन रोड,भद्रकाली,सहिद गेट हुँदै टुडिखेलमा समपान भएको हो ।

नेपाली इतिहासमा परापुर्व कालदेखिनै राजाको प्रमुख आतिथ्यमा यसै गरि रथयात्रा हुने गर्दथ्यो। यसै संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्रध्यक्ष राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितिमा यस पटक पनि रथयात्राको सुभारम्भ भएको हो ।

राष्ट्रपतिले सुन्धाराको देवल स्थित जगन्नाथ मन्दिरमा श्री जगनाथ वलदेव शुभद्रा महारानी को दर्शन गरि पुजामा सहभागी भएकी थिइन । साथै वैदिक धर्मलाई संसारभरि प्रचार गरि निभ्न लागेको जस्तो भान भएको हिन्दु सनातन धर्मलाई फेरि ब्युँझाउन महान योगदान गर्नेे इस्कोनका संस्थापक आचार्य श्रीमद ए.सी. र्भिक्तवेदान्त स्वामी प्रभुपादलाई सम्मान प्रकट गरेकी थिइन । साथै इतिहासमा राजा प्रताप रुद्रले भगवान बिराजमान भएको रथ हिड्ने बाटो झाडु प्रयोग गरि सफा गर्थे त्यसरि नै राष्ट्रपतिले पनि सफा गरि बैष्णव संस्कारलाई निरन्तरता दिइन् ।

यसरि संसारभरि वैदिक सनातन धर्मको प्रचार गर्दै हिड्ने अन्तराष्ट्रिय अध्यासिमक प्रचारक पत्रि दासको उपस्थितिमा देशभरिबाट बिभिन्न बिशिष्ट व्यक्तित्व हरुको पनि उपस्थिति थियो । दिउँसोको ४ बजे टुडिखेलमा रथयात्रा प्रस्थान पस्चात पत्री प्रभुले भक्तजनहरुलाई भगवान को दिव्य कथा सुनाएका थिए । यसरी हजारौँ भक्तहरुको उपस्थितिमा टुडिखेलमै साँस्कतिक कार्यक्रम सँगै जगन्नाथ प्रसादमको आनन्द लिएर कार्यक्रम समापन भएको थियो