Dhulikhel Eco Banner new

शेयर बजारमा १८४ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

1.91K
shares

काठमाडौं, २२ जेठ । शुक्रवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.३७ अंकले घटेर २७५५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ५ अर्ब ६२ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा एसबिएल डिभेन्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ४.९२ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि होटल फरेस्ट इन लिमिटेडका लगानीकर्ताले ४.२२ प्रतिशतका दरले गुमाएका छन् भने माबिलुङ इनर्जी लिमिटेडका लगानीकर्ताले ४.१७ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले ३.८३ प्रतिशतका दरले गुमाएका छन् भने सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका लगानीकर्ताले २.९९ प्रतिशतका दरले गुमाएका छन् ।