Dhulikhel Eco Banner new

अब गोजीमा भारु बोक्न नपर्ने, भारतमा पनि चल्ने भयो नेपाली मोबाइल बैंकिङ

1.11K
shares

काठमाडौं, २५ जेठ । अब नेपाल र भारतबीच डिजिटल भुक्तानी प्रणाली जोडिने भएपछि गोजीमा भारतीय रुपैयाँ (भारु) बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य हुने भएको छ। नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमणका क्रममा नेपाल–भारतबीच डिजिटल भुक्तानी प्रणाली र प्रविधि सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण समझदारी भएको हो ।

नेपाल–भारतबीच सीमापार डिजिटल पेमेंट प्रणाली जोड्ने तयारीसँगै उपभोक्तालाई ठूलो सहजता हुने अपेक्षा गरिएको छ। गोजीमा नगद बोकेर हिँड्नुपर्ने झन्झट अन्त्य गर्ने दिशामा नेपाल र भारतबीच डिजिटल भुक्तानी प्रणालीलाई जोड्ने पहल अघि बढिरहेको छ।भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस प्रणाली र नेपालको मोबाइल बैंकिङ प्रणालीलाई आपसमा जोड्ने विषयमा प्राविधिक र नीतिगत छलफल तीव्र बनेको छ।

यस प्रणाली लागू भएमा नेपाली मोबाइल बैंकिङ एप प्रयोग गरेर भारतमा पनि सहजै भुक्तानी गर्न सकिनेछ। विशेषगरी सीमा क्षेत्रमा व्यापार, पर्यटन र दैनिक किनमेल अझ सरल हुने अपेक्षा गरिएको छ। हाल दुवै देशमा डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढिरहेको छ। नेपालमा मोबाइल बैंकिङ र भुक्तानी सामान्य बन्दै गएको छ भने भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस विश्वकै ठूलो डिजिटल पेमेंट प्रणालीमध्ये एक बनेको छ।

यसले दुई देशबीच आर्थिक सम्बन्ध थप मजबुत बनाउने मात्र होइन, सीमापार कारोबारलाई पनि आधुनिक र सहज बनाउने अपेक्षा गरिएको छ। यदि यो प्रणाली पूर्ण रूपमा लागू भयो भने अब नगद बोकेर यात्रा गर्ने दिन घट्नेछ र डिजिटल भुक्तानीले नयाँ युगको सुरुवात गर्नेछ।