Dhulikhel Eco Banner new

म्यानद्धारा बजेट वक्तब्यपछिको बिश्लेषण तथा मौद्रिक नीति अघिको छलफल कार्यक्रम सम्पन्न ।

624
shares

काठमाडौ,२५ जेठ । नेपाल ब्यवस्थापन संघ (म्यान) द्धारा २०८३÷८४ को बजेट वक्तब्यपछिको बिश्लेषण तथा मौद्रिक नीति अघिको छलफल कार्यक्रम आयोजना गरेको छ । बजेटको प्रभावकारी कार्यसम्पादन र सन्तुलित मौद्रिक नीति मार्फत नतिजामुखी आर्थिक विकासमा जोड नारा दिईएको कार्यक्रम संघका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित रहेका थिए ।

कार्यक्रमको पहिलो सत्रमा आर्थित नीति, संरचनात्मक सुधार र श्रोत परिचालन बिषयमा छलफल भएको थियो जसमा संघका सदस्य जिवन कुमार कटुलालले स्वागत मन्तब्य राखेका थिए । संघका द्धितिय उपाध्यक्ष कृष्ण आचार्यले सहजिकरण गरिएका कार्यक्रममा पूर्व अर्थमन्त्रिहरु डा. प्रकाश शरण महत, सुरेन्द्र पाण्डे, बर्षमान पुन र प्रतिनिधि सभा सदस्य सुश्री लीमा अधिकारीले प्यानलमा सहभागी भई आफ्ना सुुझावहरु राखेका थिए ।

त्यसैगरी, आगामी मौद्रिक नीतिको दिशा र दृष्टिकोण नाम दिईएको दोश्रो सत्रमा संघका महासचिव ईन्द्र कुमार श्रेष्ठले स्वागत मन्तब्य राख्नुुभएको थियो भने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाश श्रेष्ठले कार्यपत्र प्रस्तुत गरिएका थिए कार्यपत्रपछि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापा र पूर्व बैंकर अनलराज भट्टराईले आआफ्ना सुझाव राखेका थिए ।
कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिंदै संघका अध्यक्ष हेमा कुमारी अधिकारीले प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरु तथा सहभागीहरुबाट संकलित सुुझावहरु सबैलाई समेटेर आगामी आर्थिक बर्ष २०८३÷८४ को मौद्रिक निर्माणको लागि संकलित सुुझावहरु नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई बुझाईने जानकारी दिए ।

नेपाल ब्यवस्थापन संघले सरकारले मौद्रिक नीति सार्वजनिक हुनुुपूर्व यो कार्यक्रम गर्दै आएको छ । सरकार तथा नेपाल राष्ट्र बैंकलार्ई सबै सरोकारवालाहरुको सल्लाह, सुुझाव पुर्याई एउटा प्रभावकारी मौद्रिक नीति ल्याउन मद्धत पुर्याउने हेतुले आयोजना गरिएको यो कार्यक्रम प्रत्येक बर्ष आयोजना गर्दै आईरहेको संघले जनाएको छ ।