Dhulikhel Eco Banner new

एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

६ लाख ५५ हजार ७०० कित्ता सर्वसाधारणका लागि उपलब्ध, न्यूनतम १० कित्ताबाट आवेदन दिन सकिन्छ

871
shares

काठमाडौं — एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशनमा आवेदन दिने आज जेठ २७ गते अन्तिम दिन हो। यो मौका गुमाउन नचाहने लगानीकर्ताले आजै आवेदन दिनुपर्नेछ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ७ लाख ९० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो। यो कम्पनीको ३० करोड रुपैयाँ जारी पूँजीको २६.३३ प्रतिशत बराबर हो। कुल निष्काशित शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७९ हजार कित्ता, सामूहिक लगानी कोषका लागि ३९ हजार ५०० कित्ता र कर्मचारीका लागि १५ हजार ८०० कित्ता छुट्याइएको छ। यी शेयरहरू बाँडफाँट भइसकेपछि बाँकी ६ लाख ५५ हजार ७०० कित्ता सर्वसाधारण लगानीकर्ताका लागि उपलब्ध गराइएको हो। यसको कुल मूल्य ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबर छ।

सर्वसाधारण लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ।

आवेदन दिन चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत आवेदन दिन सक्छन्। यसका अतिरिक्त सिडिएस एन्ड क्लियरिङ लिमिटेडको मेरो शेयर प्रणालीमार्फत पनि सी–आस्बा आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।