Dhulikhel Eco Banner new

माविलुङ्ग इनर्जीले बोलायो साधारणसभा, यस्ता छन् प्रस्ताव

1.16K
shares

काठमाडौँ, ३ असार । माविलुङ्ग इनर्जी लिमिटेडको जेठ २६ र २७ गते बसेको सञ्चालक समितिको बैठकले असार २६ गते शुक्रबार ललितपुरको कुपण्डोल बैंक्वेटमा बिहान ११ बजे वार्षिक साधारणसभा आह्वान गरेको छ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण ईक्विटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरू अनुमोदनका लागि पेश गरिनेछन्।

चालू आवका लागि लेखपरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, संस्थापक शेयरधनी समूहका सञ्चालक–३, सर्वसाधारण शेयरधनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालक–१ को निर्वाचन तथा स्वतन्त्र विशेषज्ञ सञ्चालकको मनोनयन गर्नेछ।

सभाले कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट ३ जना, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना र स्वतन्त्र सञ्चालक गरी जम्मा ६ जनाको सञ्चालक समिति हुने गरी नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि रहेको छ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १२ गते शुक्रबार एक दिनका लागि बूक क्लोज गर्ने निर्णय गरेको छ। बूक क्लोजको आधारमा असार ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन योग्य हुनेछन्।