एभरेष्ट कलरको आईपीओ भोलि बाँडफाँड हुने
वि.सं.२०८३ असार ३ बुधवार १४:३५
shares

काठमाडौँ, ३ असार । एभरेष्ट कलर लिमिटेडको आईपीओ विहीवार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बिहिबार बिहान बाँडफाँड हुने भएको हो ।
कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणहरुका लागि ६ लाख ५५ हजार ७०० कित्ता सेयर जारी गरेको थियो । अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २७ लाख १८ हजार ६५३ जनाले २ करोड ९२ लाख १ हाजर ७६० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा ४४ गुणा बढी आवेदन हो ।
१० कित्ताका दरले आईपीओ बाँडफाँड गर्दा ६५ हजार ५७० जनाले मात्रै सेयर प्राप्त गर्नेछन् । यसर्थमा साढे २६ लाख भन्दा बढीको हात खाली हुने निश्चित देखिएको छ ।















