Dhulikhel Eco Banner new

वैदेशिक रोजगार विभागको सक्रियता : २९ जाहेरी दर्ता, ९ जना पक्राउ, ६ जनाको उद्धार

806
shares

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण र श्रमिकका समस्या समाधानका लागि वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढाएको छ।

विभागको मुद्दा तथा अनुसन्धान शाखामा २९ वटा नयाँ जाहेरी दर्ता भएका छन्। २८ वटा पक्राउ पुर्जी जारी गरी नौ जनालाई पक्राउ गरिएको छ भने नौ वटा मुद्दामा आपसी मिलापत्र गराइएको छ। बैंकलाई लेखिएका पत्र, अभियोगपत्र र रायपत्रसहित ६८ वटा पत्र चलानी भएका छन्।

राहत, उद्धार तथा समन्वय शाखाले ६ जनाको उद्धार गरेको छ भने २ जनालाई क्षतिपूर्ति उपलब्ध गराएको छ। शाखाले १० वटा नयाँ उजुरी दर्ता गरी १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा पनि प्रदान गरेको छ।

गुनासो व्यवस्थापनतर्फ ‘हेलो सरकार’ मार्फत प्राप्त ११ मध्ये ९ वटा गुनासोको तत्काल समाधान भएको छ। विभागको कल सेन्टरमा प्राप्त ४७ मध्ये २९ वटा गुनासो समाधान भइसकेका छन्।

युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयमार्फत आउने उद्धार तथा राहतका गुनासो थप प्रभावकारी बनाउन आधिकारिक पत्र र आवश्यक कागजात संलग्न गरी पठाउन विभागले सुझाएको छ।