Dhulikhel Eco Banner new

याम्बालिङ्ग र ट्रक्सार पिखुवा खोलाको आईपीओ सोमबारदेखि कारोबारमा आउने

910
shares

काठमाडौं, ७ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार अर्थात् असार ८ गतेदेखि याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ कारोबारमा आउने भएको छ। असार ५ गते शुक्रबार यी दुई कम्पनीको आईपीओ नेप्सेमा सूचिकृत भएसँगै भोलीदेखि यी कम्पनीहरुको आईपीओ नेप्सेमा कारोबारमा आउने भएको हो ।

गत शुक्रबार नेप्सेमा याम्बालिङ्गको ७० लाख कित्ता र टक्सारको १ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको थियो । याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणमा वितरण गरेको २८ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता शेयर गरी कुल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

त्यससँगै, टक्सार पिखुवा खोलाले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७७ लाख ६९ हजार ३३२ कित्ता शेयर गरी कुल १ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

अब यी कम्पनीहरुको शेयर सोमबारदेखि नियमित बजारमा कारोबारमा आउनेछन्। पहिलो कारोबारका लागि नेप्सेले यी कम्पनीहरुलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।