सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८३ असार ८ सोमवार १५:२१
shares

काठमाडौं, ८ असार । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार १.४६ अंकले घटेर २७००.६५ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ४२ करोड कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा ८.५ प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ३.८७ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ३.०४ प्रतिशतका दरले गुमाएका छन् भने भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.०४ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि हिमालयन बैंक लिमिटेड बन्ड, २०८६का लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका छन् भने १० प्रतिशत केबीएल डिबेन्चर २०९०का लगानीकर्ताले २.९२ प्रतिशतका दरले गुमाएका छन् ।

















