Dhulikhel Eco Banner new

१८ खर्ब ९४ अर्बको आयात हुँदा २ खर्ब ७७ अर्बको निर्यात, व्यापार घाटा १६ खर्ब १६ अर्ब

455
shares

काठमाडौं, ८ असार । चालू आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको अवधिमा नेपालले वैदेशिक व्यापारमा २ खर्ब ७७ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको ११ महिनाको अवधिमा नेपालको व्यापार घाटा १५.६७ प्रतिशतले बढेको हो।

यस अवधिमा नेपालले १६ खर्ब १६ अर्ब व्यापार घाटा ब्यहोरेको छ। गत वर्षको यही अवधिमा नेपालले १३ खर्ब ९७ अर्ब रुपैयाँ व्यापार घाटा ब्यहोरेको थियो। नेपालको निर्यात बढेपनि विदेशबाट हुने आयात बढेपछि व्यापार घाटा झनै चुलिएको हो।

तथ्यांकअनुसार नेपालले यस अवधिमा २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँको निर्यात गरेको छ। गत वर्षको यही अवधिमा नेपालबाट २ खर्ब ४७ अर्ब रुपैयाँको निर्यात भएको थियो। यस्तै, विदेशबाट ११ महिनाको अवधिमा १८ खर्ब ९४ अर्ब रुपैयाँको वस्तु आयात भएको छ।

जबकी, गत वर्षको यही अवधिमा नेपालमा १६ खर्ब ४४ अर्ब रुपैयाँको आयात भएको थियो। जुन, चालू वर्षको तुलनामा १५.१६ प्रतिशतले न्यून हो। अर्थात यस वर्ष १५ प्रतिशतभन्दा बढीले नेपालको आयात बढेको छ। जबकी, निर्यात १२ प्रतिशतले मात्रै बढेको छ।