Dhulikhel Eco Banner new

२६.१६ अंकले घट्यो शेयर बजार, कारोबार रकम घट्यो

754
shares

काठमाडौं, ९ असार । मंगलवार शेयर बजार २६.१६ अंकले घटेको छ । शेयर बजार २६.१६ अंकले घटेर २६७४.४८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ३६ करोड कारोबार भएको हो ।

२६.१६ अंकले घटेको शेयर बजारमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरि बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले गुमाएका छन् ।