२६.१६ अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८३ असार ९ मंगलवार १५:१४
shares

काठमाडौं, ९ असार । मंगलवार शेयर बजार २६.१६ अंकले घटेको छ । शेयर बजार २६.१६ अंकले घटेर २६७४.४८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २३९ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन ४ अर्ब ३६ करोड कारोबार भएको हो ।
२६.१६ अंकले घटेको शेयर बजारमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि याम्बालिङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् भने लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ५.९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि सिद्धार्थ लगानी वृद्धि योजना ३का लगानीकर्ताले ५.४१ प्रतिशतका दरले कमाएका छन् भने सूर्योदय ब्लूचिप कोषका लगानीकर्ताले ५.१० प्रतिशतका दरले कमाएका छन् ।















